काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रु. १०० को दरले ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा छ ।
कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृतरूपमा परिचालन गर्दै मुख्यरूपमा ग्रीन फाइनान्सीङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
हाल कम्पनीले जलविद्युत्, कृषि पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।