काठमाडौं । मेगा म्युचुअल फण्ड–१ ले जेठ महिनामा वैशाखको तुलनामा नोक्सानी घटेको छ । वैशाख मसान्तसम्म रू. ७ करोड ५ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको जेठ मसान्तसम्म नोक्सानी रकम रू. ११ लाखभन्दा बढी रहेको छ ।
वैशाख मसान्तसम्म जम्मा आम्दानी रू. ५ करोड ४८ लाखभन्दा बढी ऋणात्मक रहेको योजनाले जेठ मसान्तसम्म भने रू. १ करोड ६३ लाखभन्दा बढी आम्दानी गरेको छ । खर्च रकम भने जेठ महिनामा बढेको छ । वैशाख मसान्तसम्म रू. १ करोड ५७ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. १ करोड ७४ लाखभन्दा बढी खर्च गरेको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म रू. ८ दशमलव ६३ रहेको छ । यो मूल्य वैशाख मसान्तसम्म भने रू. ८ दशमलव शून्य ८ रहेको थियो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्र कमिसन सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. १ अर्ब १७ करोड ३१ लाख ७८ हजार रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ९३ करोड ९९ लाख ९२ हजार रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले रू. १० करोड लगानी गरेको छ ।