काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्ड जेठ मसान्तसम्म २ करोड ३० लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ । वैशाख मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठ मसान्तसम्म ४ करोड ३५ लाख रुपैयाँभन्दा बढी नोक्सानी कम गरेको हो ।
२४ लाख ६३ हजार रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले जेठ मसान्तसम्म २ करोड ५४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । जेठमा योजनाको जम्मा आम्दानी सकारात्मक बनेको हो । वैशाख मसान्तसम्म योजनाको जम्मा आम्दानी ४ करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक थियो ।
जेठमा योजनाको प्रतिइकाई खुद मूल्य वैशाखको तुलनामा बढेको छ । वैशाख मसान्तसम्म १० रुपैयाँ ७८ पैसा रहेको योजनाको प्रतिइकाई खुद मूल्य जेठ मसान्तसम्म ११ रुपैयाँ ११ पैसा कायम भएको हो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म ९४ करोड ८० लाख रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ ।
बैंक मुद्दती निक्षेपमा योजनाले १७ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मुद्दती निक्षेपसहित योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाले १३ करोड इकाई जारी गरेको थियो । योजनाको खुद सम्पत्ति जेठ मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी छ ।