काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । दुई हप्ताअगाडि विवादका बीच रद्द गरिएको उक्त आयोजनाका लागि आइतवार पुनः बोलपत्र आह्वान गरिएको हो ।
अघिल्लो चोटि बोलपत्र आह्वान गर्दा ऊर्जामन्त्री दीपक खड्काले चाहेको कम्पनीलाई ठेक्का दिलाउन अन्य प्रतिस्पर्धी कम्पनीहरूलाई चेक बाँडी प्रतिस्पर्धाबाट हट्न लगाएको आरोप लागेको थियो । लगत्तै जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले बोलपत्र रद्द गरेको थियो ।
कम्पनीले आइतवार सूचना प्रकाशित सिभिल र हाइड्रोमेकानिकल कार्यको लागि पुनः बोलपत्र आह्वान गरेको छ । बोलपत्र पेश गर्नुपर्ने अवधि फागुन २१ सम्म छ ।