काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि झरी परिरहेको छ । निरन्तर परेको झरीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
वर्षाका कारण सडकमा ट्राफिक जाम बढेको देखियो । उपत्यकाका कतिपय सडकमा पानी निकास नहुँदा वर्षा हुँदा यस्तो समस्या देखिन्छ । झरीका कारण यात्रुलाई गन्तव्यतर्फ पुग्न समस्या भोग्नुपर्छ ।
सडक छेउका व्यापारीलाई भने सामान जोगाउने चटारो देखिन्थ्यो । ती व्यापारीलाई सामान भिज्न नदिन त्रिपाल मिलाउँदै गरेको भेटिए ।
वर्षाका कारण यात्रु नपाएपछि एक रिक्सा चालक रिक्सामै निदाएको अवस्थामा फेला परे ।
यता जमलमा पुगेका विदेशी पर्यटक भने वर्षामा रमाउँदै गरेको भेटिए । ती पर्यटक विभिन्न पोजमा तस्वीर खिच्दै थिए ।
हेर्नुस् तस्वीरहरू