काठमाडौं । झ्यामोलोङ्गमा हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २४ गते २२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा पोखरा, कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ । सभामार्फत गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि स्वीकृत हुनेछन् । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।