काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।
बैंकले विक्रीमा ल्याएको शेयर कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । शेयर खरीदका लागि व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको शेयर शाखामा सम्पर्क गर्ने सक्नेछन् ।
कम्पनीले यसअघि गत भदौ ७ गते विद्यमान संस्थापक शेयरधनीहरूलाई शेयर विक्री गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै लिखित जानकारी नआएपछि सर्वसाधारणलाई शेयर विक्री गर्न लागिएको बैंकले जनाएको छ ।