काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले भदौ मसान्तसम्ममा रू. १६ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ४८ प्रतिशत कम हो ।साउनमा फण्डले रू. ३२ करोड २९ लाख नाफा कमाएको थियो । भदौमा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. ३२ करोड ५८ लाख रहेकोमा भदौ मसान्तमा घटेर रू. १७ करोड १८ लाखमा झरेको छ ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा रहेकोमा भदौ मसान्तमा १२ रुपैयाँ ८४ पैसामा झरेको हो । त्यस्तै फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २१ करोडभन्दा बढी लगानी गरेको छ ।
यो लगानी साउन मसान्तमा रू. १ अर्ब २६ करोड थियो । यस आधारमा फण्डले साउनको तुलनामा भदौमा लगानी घटाएको छ ।