काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आजबाट अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ शेयर बराबर नयाँ १.५ शेयरको अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २० लाख कित्ता शेयर विक्री खुलाएको थियो, जसमध्ये विक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्रीमा आएको हो ।
कम्पनीको सो शेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङमा शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।