काठमाडौं । पछिल्लो एक महीनायता बजार केही दिनबाहेक हरेक दिन निरन्तर घट्दो छ । गत साउन ३१ गते नेप्से परिसूचक ३ हजार दशमलव ८१ विन्दुमा पुगेकोमा अहिले २ हजार ४८६ दशमलव ७६ विन्दुमा झरेको छ । यस आधारमा नेप्से १७ प्रतिशतभन्दा बढी घट्दा वित्त कम्पनीको शेयर मूल्य औसतमा ७० दशमलव ९७ प्रतिशत घटेको छ ।
यस अवधिमा सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य ८११ रुपैयाँभन्दा बढी घटेको छ । गत साउन ३१ गते यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७० रहेकोमा पछिल्लो कारोबार दिन अर्थात् असोज १० गते रू. १ हजार २५८ दशमलव ९ मा झरेको हो । गोर्खाज फाइनान्सको शेयर मूल्य ३०० रुपैयाँ घटेको छ । गत साउन ३१ गते रू. ९४२ रहेकोमा असोज १० गते घटेर रू. ६४१ दशमलव १ मा झरेको हो ।
सूचीकृत १५ वित्त कम्पनीहरूमध्ये रिलायन्स फाइनान्सको शेयर मूल्य सबैभन्दा कम घटेको छ । यस अवधिमा कम्पनीको शेयर मूल्य जम्मा १३६ रुपैयाँ १ पैसा घटेको हो । कम्पनीको शेयर मूल्य साउन ३१ गते रू. ६५८ रहेकोमा असोज १० गते हिजो घटेर रू. ५२१ दशमलव ९ मा झरेको छ ।
त्यस्तै मञ्जुश्री फाइनान्सको शेयर मूल्य २३६ रुपैयाँ घटेको छ । यस कम्पनीको शेयर मूल्य गत साउन ३१ गते प्रतिकित्ता रू. ८६० रहेकोमा हिजो अर्थात् असोज १० गते रू. ६२४ मा झरेको हो ।
अधिकांश वित्त कम्पनीको शेयर संख्या न्यून रहेको छ । जसका कारण आपूर्ति कम हुने हुनाले शेयर मूल्य बढ्ने गर्छ । तर, पछिल्लो एक महीनायता बजार निरन्तर घटेसँगै यी कम्पनीको शेयर मूल्य पनि निरन्तर घट्दो छ ।
कम्पनीको नाम | शेयर मूल्य रू. | घटबढ मूल्य रू. | |
असोज १० गते | साउन ३१ गते | ||
नेपाल फाइनान्स | 1258.9 | 2070 | -811.1 |
गुडवील फाइनान्स | 811 | 1150 | -339 |
गोर्खाज फाइनान्स | 641.1 | 942 | -300.9 |
प्रोग्रेशिभ फाइनानस | 523 | 785 | -262 |
सेन्ट्रल फाइनान्स | 506.2 | 763 | -256.8 |
जानकी फाइनान्स | 521 | 763 | -242 |
मञ्जुश्री फाइनान्स | 624 | 860 | -236 |
समद्धि फाइनान्स | 520 | 749 | -229 |
श्री इन्भेष्टमेन्ट फाइनान्स | 519 | 722 | -203 |
वेष्ट फाइनान्स | 500 | 679 | -179 |
आईसि एफसि फाइनान्स | 648 | 821 | -173 |
गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स | 504 | 672 | -168 |
रिलायन्स फाइनान्स | 521.9 | 658 | -136.1 |
पोखरा फाइनान्स | 565 | 700 | -135 |
मल्टीपर्पस फाइनान्स | 591.2 | 704 | -112.8 |
स्रोत : नेप्से ।