काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ दशमलव २८५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।