नेपालले जोगबनी–राधिकापुर रेलमार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने भएको छ । बङ्गलादेशले पूर्वाधार निर्माणमा ढिलाइ गरेपछि सो रेलमार्गलाई वैकल्पिक मार्गका रूपमा राख्नु परेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामेश्वर पोखरेलले अभियानलाई बताए ।
‘भारतले रेल सेवालाई ब्रोडगेजमा लगिसकेको छ,’ उनले भने, ‘तर, बङ्गलादेशले ब्रोडगेजमा ल्याउन नसक्दा दुई देशबीच रेलसेवा सञ्चालन हुन नसकेको हो ।’ द्विपक्षीय व्यापारमा जोगबनी–राधिकापुर रेलमार्ग उपयोगको सम्भावना देखिए पनि बङ्गलादेशतर्फ रेल सेवा मिटरगेजमै रहेकाले समस्या आएको उनको भनाइ छ । दुई देशका वाणिज्य सचिवको ढाकामा हुने आगामी बैठकमा रेलमार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने सम्बन्धमा छलफल भने भएको छ ।
वर्ष ८, अंक ७९, शुक्रवार २२ मङ्सिर, २०६९