काठमाडौं। ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीको लागि ‘ज्योति क्यापिटल नि:शुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसात् गरी विद्यार्थीलाई शेयर बजारतर्फ आकर्षित गर्न उक्त योजना ल्याएको बताइएको छ । योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले नि:शुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् । वैशाख २६ देखि जेठ २६ सम्म कायम रहने उक्त योजना क्यापिटल तथा ज्योति विकास बैंकका शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवासमेत प्रदान गर्दै आएको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.