भदौ ५, काठमाडौं । ज्योती विकास बैङ्क लिमिटेडको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा ध्रुव कोइरालालाई नियुक्त गरेको छ । सोही बैठकले राम कुमार श्रेष्ठ , हरिचन्द्र खड्का , हरि प्रसाद आचार्य ,नारायण प्रसाद पौडेल , पङ्कज न्यौपाने , जगदिश्वर प्रसाद अधिकारीलाई निर्देशकको पदमा नियुक्त गरेको हो । झिमरुक विकास बैङ्कसँग गाभिएपछि बनाइएको यस्तो संरचना आगामी वार्षिक क साधारण सम्म कायम रहनेछ ।