काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र पाण्डे नियुक्त भएका छन् ।
गत आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष पार्वती (राई) पाण्डेले आफ्नो कार्यव्यस्तताका कारण दिएको राजीनामा स्वीकृत गर्दै रिक्त रहेको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले रिक्त रहेको सञ्चालक पदमा पुष्पा लोहनीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।