काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड ८९ लाख १९ हजार रूपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव १९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १९ करोड ५८ लाख ७१ हजार रूपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ३२ दशमलव २४ प्रतिशत बढी भएको छ । गत वर्ष २७ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३७ करोड ३५ हजार रूपैयाँ सञ्चालन नाफा गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १७ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा ११ दशमलव ९० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १९ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
हाल कम्पनीको चुक्तपूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग १७ करोड ४५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १ अर्ब ५१ करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमासम्म कम्पनीले ५ प्रतिशतभन्दा बढी ५६ अर्ब २९ करोड ६४ लाख रूपैयाँभन्दा बढी भएको छ भने कर्जा प्रवाह शून्य दशमलव ३० प्रतिशत बढी ४३ अर्ब ९८ करोड २६ लाख रूपैयाँभन्दा बढी भएको छ ।
निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ७० प्रतिशत रहेकोमा यस वर्ष घटेर ३ दशमलव ४२ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाा ७८ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रूपैयाँ ६१ पैसा रहेको छ ।