काठमाडौं । इस्लाम धर्मावलम्बीले बिहीवार (आज) ईद (इद–उल–फित्र) मनाइरहेका छन् । पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले काठमाडौंको दरवारमार्गस्थित काश्मीरी मस्जिदमा बिहान ८ः१५ बजे सामूहिकरूपमा नमाज पढेका छन् । रमजान महीनाको ३० दिनको ‘रोजा’ (व्रत) बुधबार (हिजो) पूरा भएको थियो । रोजा व्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागिएको हो ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाटसमेत गरेका छन् । त्यसपछि घरमा विभित्र परिकार पकाएर खाने प्रचलन छ । रमजान महीना उर्दू पात्रोको अनुसार नवौं महिना हो। ईदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।
हेर्नुस् तस्वीरहरू