काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० ले कात्तिक महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा केही घटेको छ ।
असोज मसान्तसम्म रू. ५ करोड ९६ लाख नोक्सानीमा रहेको फण्ड कात्तिक मसान्तसम्म रू. ५ करोड ३ लाख नोक्सानीमा झरेको छ । यस फण्डको जम्मा खर्च बढेको छ । असोज मसान्तसम्म जम्मा खर्च रू. ५९ लाख ८३ हजार रहेको फण्डको कात्तिक मसान्तसम्म खर्च बढेर रू. ७८ लाख ५६ हजार पुगेको छ ।
त्यसैगरी कात्तिक मसान्तसम्म फण्डको जम्ममा आम्दानी रू. ४ करोड २४ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । असोज मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. १९ करोड १५ लाख लगानी गरेकोमा कात्तिक मसान्तसम्म बढेर रू. १९ करोड ४४ लाख लगानी पुगेको छ ।