काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा घटेको छ ।
फण्डको न्याभ असोज मसान्तमा १२ रुपैयाँ ३ पैसा रहेकोमा कात्तिक मसान्तमा १२ रुपैयाँ ०२ पैसा कायम भएको छ । त्यस्तै फण्डले असोज मसान्तमा रू. १२ करोड ९४ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा रू. १२ करोड ८७ लाखमा झरेको छ । कात्तिक मसान्तमा फण्डको खर्चमा वृद्धि भएकाले नाफा केही घटेको हो । असोज मसान्तमा फण्डको कुल खर्च रू. ३८ लाख २ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ४९ लाख ९६ हजार पुगेको छ ।
त्यस्तै फण्डको आम्दानी भने असोजको तुलनामा कात्तिकमा वृद्धि भएको छ । असोज मसान्तमा फण्डको कुल आम्दानी रू.१३ करोड ३२ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १३ करोड ३७ लाख पुगेको छ ।