काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू. ६ करोड २४ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा २ दशमलव २७ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. ६ करोड ३९ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ६ करोड ५८ लाख रहेकोमा कात्तिक मसान्तमा रू. ६ करोड ५० लाखमा सिमित भएको छ ।
त्यस्तै फण्डको खर्चमा पनि वृद्धि भएको छ । असोज मसान्तमा फण्डको कुल खर्च रू. १९ लाख ३८ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. २५ लाख ५० हजार पुगेको छ । नाफाघटेसँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा घटेको छ ।
असोज मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ८ पैसा रहेकोमा कात्तिक मसान्तमा १२ रुपैयाँ ३ पैसामा सिमित भएको छ ।
फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू.३२ करोड ३७ लाख लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ३१ करोड ८७ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी असोजको तुलनामा कात्तिकमा बढाएको छ ।