काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ६ दशमलव ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७१३ दशमलव ६२ कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर भोलि अर्थात बुधवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।