काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फष्र्ट म्युचुअल फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । फण्डले असोज मसान्तमा सूचीकृत शेयरमा रू. ८३ करोड ४ लाख लगानी गरेकोमा कात्तिक मसान्तमा घटाएर रू. ८० करोड ६१ लाखमा झारेको छ ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असोजको तुलनामा कात्तिक महीनामा केही घटेको छ । असोज मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ८६ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ ८४ पैसामा कायम भएको छ । न्याभसँगै फण्डको नाफा पनि असोज महीनाको तुलनामा कात्तिक महीनामा केही घटेको छ ।
असोज मसान्तमा फण्डले रू. १५ करोड २४ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा रू. १५ करोड ८ लाखमा सिमित भएको छ । कात्तिक महीनामा फण्डको आम्दानी घटेकाले पनि नाफा घटेको हो । असोज मसान्तमा फण्डको कुल आम्दानी रू. १५ करोड ७८ लाख रहेकोमा कात्तिक मसान्तमा रू. १५ करोड ७७ लाखमा सिमित भएको छ ।