वीरगञ्ज। खाद्य स्वच्छताका आधारमा वीरगञ्जका सरोवर, लर्ड्स दियालो र भिसुवा होटलले ‘अति उत्तम’ स्तर पाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले बुधवार वीरगञ्जका १० ओटा होटलको स्थलगत अनुगमन गरी स्तर निर्धारण गरेको हो ।
कार्यालयले अनुगमन गरेका होटलहरूको भान्साको सरसफाइ, खाद्य पदार्थको भण्डारण गर्ने विधि, कोल्डचेन प्रविधि लगायतको अनुगमन गरी स्तर निर्धारण गरेको होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीरगञ्जले स्थानीय पालिका, होटल व्यवसायी, प्रहरी प्रशासन समेतको सहभागितामा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा होटलहरूको भान्सा, भण्डारण गरिएको खाद्यवस्तुको गुणस्तर परीक्षण गरिएको वीरगञ्जका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंहले जानकारी दिएका छन् । अति उत्तम पाइएका होटललाई खाद्य स्वच्छतामा ‘थ्री स्टार’ संकेतसहितको लोगो प्रदान गरिएको छ ।
होटल पूजन, मकालु र अनमोल स्वीटले ‘उत्तम’ सूचीमा परी ‘टु स्टार’को लोगो पाएका छन् । त्यस्तै ‘वन स्टार’ पाउनेमा होटल कन्ट्री इन, कैलाश र मेजवानी रहेका छन् । डिलाइट गो रेस्टुरेन्टलाई खाद्य स्वच्छतामा सुधारको निर्देशन दिइएको पन्तले बताए । अनुगमनका क्रममा होटल सञ्चालकहरूलाई खाद्य स्वच्छता प्रतिबद्धतामा हस्ताक्षरसमेत गराइएको थियो ।
अनुगमन गरिएका होटलहरूको भान्साको सरसफाइ, खाद्य पदार्थको भण्डारण गर्ने विधि, कोल्डचेन प्रविधि लगायतको अनुगमन गरीस्तर निर्धारण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।