काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्म रू. ६ करोड २८ लाख नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा कम्पनी रू. २ करोड १३ लाख नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी गत वर्षभन्दा यस वर्ष बढेको छ ।
चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको खराब कर्जा (निष्क्रिय कर्जा) ४ दशमलव ६८ प्रतिशत रहेकोमा चालू आवमा बढेर १९ दशमलव ३४ प्रतिशत पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा चालू आवमा केही बढेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ३ करोड ५८ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ८७ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ८१ करुोड ८९ लाख छ । कम्पनीले जगेडामा रू. २५ करोड २६ लाख र शेयर प्रिमियममा रू. १ करोड ९७ लाख सञ्चिति गरेको छ ।
जगेडा कोष भने रू. ६८ करोड १ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ६७ पैसा ऋणात्मक रहेको छ ।