काठमाडौं । कीर्तिपुर पाँगा बसपार्कनजिकै एक महिलाको सुनको सिक्री लुटिएको छ ।
पाँगा बसपार्कबाट हिँडिरहेका बेला आज दिउँसो करीब १:४५ बजे काठमाडौं मैतिदेवी बस्ने कमला बस्नेतको सिक्री लुटिएको हो । पछाडिबाट मोटरसाइकलमा आएका दुईजना युवकले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सिक्री लुटेर भागेको उनले बताएकी छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।