काठमाडौं । कोशी र बागमती प्रदेशसभाका बर्खे अधिवेशन आह्वान गरिएका छन् ।
कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त आह्वान गरेका हुन् ।
यसैगरी, बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते नै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् । राससको सहयोगमा