काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड ६४ लाख नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनी रू. ३ करोड ७९ लाख नोक्सानीमा थियो । चालू आवमा नाफामा सुधारिएसँगै प्रतिशेयर आम्दानी रू. ३ दशमलव २७ धनात्मक भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ५४ ऋणात्मक थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफा वृद्धि भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९ करोड ३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ५ करोड ३ लाखमा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ५० करोड २८ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ६ करोड ५४ लाख,रिटेन्ड अर्निङमा रू.२ करोड ४७ लाख र शेयर प्रिमियममा रू. ४ लाख ५८ हजार सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले रू. ४ अर्ब ३८ करोड निक्षेप संकलन गरेर रू. ३ अर्ब २८ करोड कर्जा लगानी गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ४१ गुणा , तरलता अनुपात ३४ दशमलव ८२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव शून्य २ रहेको छ ।