जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको डेढ घण्टाको अवधिमा कारोबारमा आएका २०७ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्नपीको शेयरमूल्य प्रतिकित्ता रू. ४२२ दशमलव १० कायम भएको छ ।
कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ हजार ६४४ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ ।