काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र जारी गरेको थियो । सो अवधिमा विक्री नभएको यी शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
यी शेयर खरीदका लागि अगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा कुमारी क्यापिटलको कार्यालय टंगाल, काठमाडौंमा पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।