काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सबल योजनाले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले जेठको तुलनामा असारमा सूचीकृत शेयरमा लगानी बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ३३ करोड ८२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ४० करोड ७२ लाख पुर्याएको हो ।
त्यस्तै, फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) जेठ मसान्तको तुलनामा असार मसान्तमा बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ४९ पैसा पुगेको हो ।
न्याभसँगै नाफामा पनि वृद्धि भएको छ । यस फण्डले जेठ मसान्तमा रू. ३१ लाख ३४ हजार नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ३ करोड ६६ लाख पुगेको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
जेठ मसान्तमा फण्डको कुल आम्दानी रू. १ करोड १८ लाख रहेकोमा असार मसान्तमा बढेर रू. ४ करोड ६५ लाख पुगेको छ ।