काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सम्पन्न महासंघको १५औं महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । योसँगै क्यान महासंघको इतिहासमा पाण्डे पहिलो महिला अध्यक्ष हुन् ।
पाण्डेले यसअघि क्यान महासंघमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरिसकेको बताइएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक समेत हुन् । महासंघको उपाध्यक्षमा हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नविन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सृजना श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा चन्द्रविलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् ।
महासंघको सचिवमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन भएका छन् । त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, बन्दना शर्मा ज्ञवाली, देवेशप्रसाद लोहनी, सन्तोषकुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी, विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएको क्यानले जानकारी दिएको छ ।
त्यस्तै लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुंगाना र पूजा अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताइन् ।
त्यस्तै नवनिर्वाचित महासचिव भुर्तेलले क्यान महासंघको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।