काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५७ औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ९ देखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।