काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोहीबमोजिम वित्तीय विवरणहरू वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको नेप्सेमार्फत जनाइएको छ ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले आव २०७८/७९ को मुनाफाबाट भने १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।