काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा वृद्धि भएको छ । यस फण्डको न्याभ पुस मसान्तमा १० रुपैयाँ ७२ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै फण्डले पुस मसान्तमा रू. ८ करोड ८८ लाख नाफा कमाएकोमा माघ मसान्तमा बढेर रू. ११ करोड ३ लाखभन्दा बढी पुगेको छ । माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
पुस मसान्तमा फण्डको कुल आम्दानी रू. १० करोड २८ लाख आम्दानी गरेकोमा माघ मसान्तमा बढेर रू. १२ करोड ६३ लाख पुगेको छ ।
त्यस्तै फण्डले पुसको तुलनामा माघ महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । पुस मसान्तमा सूचीकृत शेयरमा रू. ८८ करोड २७ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ९० करोड ४८ लाख पुर्याइएको छ ।