काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले भदौको तुलनामा असोजमा सूचीकृत शेयरमा लगानी घटाएको छ । फण्डले भदौ मसान्तमा सूचीकृत शेयरमा रू. ७८ करोड ८३ लाख लगानी गरेकोमा असोज मसान्तमा रू. ७४ करोड ५८ लाखमा झरेको हो ।
यस फण्डको न्याभ पनि भदौको तुलनामा असोज मा घटेको छ । भदौ मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ६३ पैसा रहेकोमा असोज मसान्तमा ८ रुपैयाँ ३६ पैसामा झरेको छ । त्यस्तै यस फण्डले असोज मसान्तमा रू. ६ करोड ८५ लाख नोक्सानी व्यहोरेको छ । भदौमा पनि फण्ड रू. ३ करोड ४४ लाख नोक्सानीमा थियो । असोजमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
भदौमा फण्डको जम्मा खर्च रू. ३४ लाख ७६ हजार रहेकोमा असोजमा बढेर रू. ५१ लाख ४६ हजार पुगेको छ । त्यस्तै असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ६ करोड ३४ लाख ऋणात्मक रहेको छ ।