काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले साउन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्ड साउन मसान्तसम्ममा रू. ९७ लाख ५९ हजार नोक्सानीमा छ । यो फण्ड असार मसान्तसम्म भने रू. ३ करोड ३३ लाख नाफामा थियो । साउनमा फण्डको आम्दानी रू. ७९ लाख ७५ हजार ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
त्यस्तै फण्डको न्याभ पनि असारको तुलनामा साउनमा केही घटेको छ । असार मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९१ पैसा रहेकोमा साउन मसान्तमा ८ रुपैयाँ ८३ पैसामा झरेको छ ।
फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ८१ करोड ३९ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तसम्ममा भने रू. ८६ करोड २६ लाख थियो ।