काठमाडौं। महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका–६ का आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेको छ । बैंकले आगलागीबाट घरबारविहीन भएका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको हो । बैंकले राहत स्वरूप २ लाख ५० हजार रुपैयाँ बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० ओटा नुहाउने तथा लुगा धुने साबुन र १५० कार्टोन चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदीपचन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीको सहभागितामा पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको सहयोगले असहज
परिस्थितिमा पीडित परिवारको आधारभूत आवश्यकता पूरा गर्न थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकको छ ।