काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो । मिरा बायोटेक प्रालिले डब्लयूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरूका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
वित्तीय परामर्शअन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यावसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरू उपलब्ध गराउने छ ।