काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आगामी पुस २१ गते १६औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंको धुम्बाराही आनन्दनगरस्थित सूर्य इभेन्टमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साथै साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियामावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशनबमोजिम प्रबन्धपत्र वा नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।