काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ८ हजार ५४९ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र जनकपुरधामस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।