काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई १० नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीले १० वर्षयताकै कम लाभांश हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
विगतका आवमा कम्पनीले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्दै आएको थियो । अघिल्लो वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै दिएको बैंकले यस वर्ष आकर्षक लाभांशको अपेक्षामा लगानीकर्ता थिए ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता १४ दशमलव २६ प्रतिशत थियो । बैंकले कात्तिक १४ गते लाभांश घोषणा गरेको सूचना जारी गरेको थियो ।
सो कारोबार दिन बैंकको शेयर मूल्य १५ रुपैयाँ ८० पैसा घटेर प्रतिकित्ता ५ सय ७६ रुपैयामा झरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
१० वर्षमा बैंकले सबैभन्दा बढी लाभांश आव २०७३/७४ मा वितरण गरेको थियो । सो वर्ष बैंकले ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश गरेर कुल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसपछि आव २०७२/ ७३मा बैंकले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै २०७७/७८ मा बैंकले ३३ दशलमव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिएको थियो ।
यसरी बैंकले गत आवको सहित १० वर्षमा १९९ दशमलव ६ प्रतिशत बोनस शेयर र १२२ दशमलव ५०२ गरी कुल ३२२ दशमलव १०२ प्रतिशत लाभांश वितरण गरेको छ ।
कुन आवमा कति लाभांश ?