काठमाडौं। नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले सोमवार श्रीलंकामा आयोजित विशेष कार्यक्रममा बैंकलाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एसियाका (निजी क्षेत्र) बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले बताएको छ ।
साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्दै आएको बताएको छ । गत साउनमा बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।