काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।