काठमाडौं । बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन)ले पीएचडी चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (पीएचडीसीसीआई) को भारत–नेपाल केन्द्रसँगको सहकार्यमा 'नेपाल बिएफएसआई समिट २०२४' आयोजना गरेको छ ।
सम्मेलन 'जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता'भन्ने विषयमा केन्द्रित थियो । सम्मेलनमा जर्मनी, अष्ट्रेलिया, दुबई र भारतका नीति निर्माता र विज्ञहरू सहभागी थिए ।
दिगो विकासलाई बढावा दिन र नवीन वित्तीय अभ्यासहरूको माध्यमबाट जलवायु जोखिम र यसको प्रभावलाई सम्बोधन गर्न रणनीतिहरूको खोजी गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, अर्थसचिव डा। रामप्रसाद घिमिरे, नेपालका लागि अष्ट्रेलियाका राजदूत लीन जोन्सटन, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, नेपालका लागि भारतका पूर्वराजदूत समेत पीएचडीसीसीआईको भारत–नेपाल केन्द्रका अध्यक्ष मञ्जिभ सिंह पुरी सहभागी थए ।
मन्त्री ठकुरीले बढ्दो विश्वव्यापी तापक्रमले समग्र आर्थिक क्षेत्रमा पारेको प्रभावबारे प्रकाश पार्दै दिगो वित्तपोषणको आवश्यकता र जलवायु परिवर्तनका लागि आवश्यक रूपान्तरणका लागि वित्तीय संस्थाहरूले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाबारे जोड दिए ।
अर्थसचिव घिमिरेले हरित वर्गीकरण ९ग्रिन ट्याक्सोनोमी० सार्वजनिक गर्न अर्थ मन्त्रालयले केन्द्रीय बैंकसँग मिलेर काम गरेको बताए ।
हरित वर्गीकरणले कार्बन उत्सर्जन घटाउने लगानीलाई प्रोत्साहन गर्नुका साथै स्रोत दक्षता, जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलतामा पनि सुधार ल्याउनेछ, जसले
नेपाललाई जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी अभियानसँग आफ्नो वित्तीय रणनीतिलाई समायोजन गर्न सक्षम बनाउनेछ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत लीन जोन्स्टनले नेपालको दिगोपना अभिवृद्धि र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अष्ट्रेलियन सरकारले नेपाललाई सहयोग गर्ने बताए ।
'जलवायु परिवर्तन एक वास्तविक खतरा हो, विशेष गरी नेपाल र भारत जस्ता दक्षिण एशियाली देशहरूका लागि, जसले पहिले नै यसको प्रभावहरू अनुभव गरिरहेका छन्, जस्तै स् ग्लेसियरहरू पग्लने र बारम्बार बाढी,' जोन्स्टनले भने।
राजदूत श्रीवास्तवले भने, 'हामी यी मुद्दाहरूको समाधानका लागि विश्वव्यापी रूपमा सहकार्य गरिरहेका छौं, तर क्षेत्रीय समाधान र सहयोगको प्रबल आवश्यकता छ, किनकि हामी यी चुनौतीहरूको प्रत्यक्ष सामना गरिरहेका छौं।'
बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले दिगोपन र जलवायु उत्थानशीलता लाई बढावा दिनको लागी अग्रणी प्रयासमा वित्तीय संस्थाहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारे।
नियामक निकाय, सरकारी निकाय र अन्तरराष्ट्रिय सङ्घसंस्थाले जलवायु अनुकूल वातावरण निर्माणमा निर्वाह गर्नुपर्ने महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्दै उनले क्षेत्रीय दिगो वित्तीय पहलमा नेपालको नेतृत्वलाई सुदृढ तुल्याउन र खाडल पुर्न सम्मेलन महत्त्वपूर्ण मञ्चका रुपमा काम गरेको बताए ।