काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण गरेको छ ।
बैंकले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित लुम्बिनी प्रदेश कार्यालय रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, नारायणपथमा स्थानान्तरण गरी सेवा शुभारम्भ गरेको हो ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) राम कुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन गरे ।
हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।