काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू नियमित भएका छन् । निगमका पाइलटहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएपछि केही गन्तव्यका उडान प्रभावित भएकोमा सोमवारदेखि नियमित भएका हुन् ।
पाइलटहरू हडतालमा उत्रिएपछि यात्रुले सास्ती खेप्नुपरेको थियो । निगम प्रवक्ता रमेश पौडेलले आन्दोलनरत पाइलटहरूसँग छलफल जारी रहेको जानकारी दिए । उडान पनि जारी राख्ने र वार्ता पनि गर्ने नीतिअनुसार आन्दोलनरत पाइलटसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल जारी रहेको पौडेलले बताए ।
निगमले विज्ञ पाइलटहरू करारमा नियुक्त गरेर अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । ‘उनीहरूको पारिश्रमिक तथा सेवा सुविधा स्थायीको भन्दा राम्रो भएको गुनासो स्थायी पाइलटको हो,’ पौडेलले भने, ‘सोमवारदेखि नियमित रूपमा विनाअवरोध अन्तरराष्ट्रिय उडान भइसकेका छन् ।’
पाइलटले आन्दोलन गर्दा आइतवार तीनओटा गन्तव्यमा उडान हुन सकेको थिएन । काठमाडौंदेखि दिल्ली, मुम्बई र दुबईको उडान अवरूद्ध भएको थियो ।
गतवर्ष साउनदेखि कात्तिकसम्ममा ४० अर्ब ३१ करोड रुपैयाँको डिजेल आयात भएकोमा यसपालि २९ अर्ब ४ करोड रुपैयाँमा खुम्चिएको छ । गत आवको कात्तिकसम्म ३४ करोड ४७ लाख रुपैयाँको मट्टीतेल आयात भएकोमा यो वर्ष ३२ करोड रुपैयाँमा झरेको छ ।
पेट्रोल र डिजेलको आयात वा खपत कम हुनुमा विकास निर्माणका काममा आएको कमीको हात रहेको नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजाल बताउँछन् ।
‘वर्षाको समयमा खासगरी साउन र भदौमा विकासका काम खासै नहुने भएकाले पनि पेट्रोलियम पदार्थको खपत यी महीनामा कम हुन्छ,’ रिजालले भने ।
शनिवार काठमाडौं–हङकङको उडान अवरुद्ध भएको थियो । निगमका कार्यकारी अध्यक्षको कार्यालयले सबै ककपिट क्रुलाई पठाएको पत्रमा नियमित काममा नफर्किए कारबाही गर्ने संकेत पनि गरेको छ । उक्त पत्रमा स्पष्ट चेतावनीको भाषामा भनिएको छ, ‘बिहीवारदेखि सुनियोजित देखिने गरी ‘सिक रिपोर्ट/अजेन्ट वर्क रिपोर्ट’ गर्दै आएको कारणबाट निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी, निगमको साख र इज्जतमा परेको नकारात्मक प्रभावलाई नेपाल सरकार र निगम व्यवस्थापनले अत्यन्त गम्भीर रूपमा लिएको छ र निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने बेहोरा जानकारी गराइन्छ ।’