काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।
बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री खुला गरेको थियो । आगामी १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।