काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष वितरण गर्ने प्रस्ताव गरेको कुल २१ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पातिरका लागि कम्पनीले माघ २८ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्न लागेकाले माघ ९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा यस कम्पनीले १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।