काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य बुधवार समायोजन भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरका समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७६० दशमलव ०९ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयर कारोबार रू. ८३६ दशमलव १० मा भएको थियो ।
समायोजित मूल्यलाई आधार मानेर भोलि (बिहीवार) दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ ।