काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले चैत २७ गते हाल कायम चुक्तापूँजीका आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा बोर्डले अनुमति दिएमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । कम्पनीले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँ बराबरको १४ लाख ५७ हजार २५३ दशमलव ६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्तावलाई खारेज गर्दै हकप्रदको बाटो रोजेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।